नागरिकता आफूखुसी सच्याए बढीमा ६ महिनासम्म कैद सजाय हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकतामा जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको विवरणबाहेक व्यक्तिले कुनै कुरा थपघट गरेमा ३ देखि ६ महिना कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने विषयमा सहमति भएको हो।
समितिले कसैले झुटो विवरण पेस गरे कति कारबाही गर्ने भन्ने विषयमा बिहीबार भएको सहमति उल्टाएको छ। कुनै महिलाले आफ्नो भइरहेको पतिलाई छैन भनी बताएमा वा विदेशीसँग विवाह भए पनि नभएको स्वघोषणा गरेमा ३ वर्षदेखि ५ वर्ष जेल सयाज र ३ लाखदेखि पाँच लाख रुपैयाँ जरिवाना तोक्ने विषयमा बिहीबार सहमति भएको थियो। तर शुक्रबार त्यो सहमतिमा सांसदले नै प्रश्न उठाए। नागरिकमा खबर छ।