नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले केही समयदेखि कलेजो र पित्तनलीमा समस्या आएपछि उपचार गराउँदै आएका पत्रकार अर्जुन सुवेदीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप कुमार थापाले सुवेदीलाई एक लाख ५ हजार रुपैया हस्तान्तरण गरेका हुन्। पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आफ्ना पदाधिकारी लगायबाट संकलन गरी उक्त रकम नेपाल पठाएको हो। कार्यक्रम महासंघका उपाध्यक्ष मगरले पत्रकारको समस्या समाधानका लागि पत्रकारहरु नै एकजुट हुनु स्वागतयोग्य भएको उल्लेख गरे।
महासंघ रिपब्लिका शाखा सदस्य तथा नागरिक दैनिकका संवाददाता सुवेदीलाई केही समयदेखि वीर, धुलिखेल र त्रिवि शिक्षण अस्पताल तथा भारतमा उपचार गराइए पनि अझै रोग निको नभएको महासंघले जनाएको छ। अहिले भइरहेको उपचारमा पनि ४० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने परिवारको भनाई छ।