रुपन्देहीको मणिग्राममा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय मंगलापुरबाट मणिग्रामतर्फ आइरहेको बा १ झ ८१०२ नम्बरको भ्यानले आइतबार विद्युत कार्यालय अगाडि सोही दिशाबाट आइरहेको लु १७ प २४८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मोटरसाइकललाई ठक्कर दिएपछि प्रहरीको भ्यान सडक किनारको बारमा ठोक्किन पुगेको थियो। दुर्घटनामा मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका–१९ वर्षीय उमेश यादव, प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, जवानहरु किशोर जिसी र नगबहादुर खत्री घाइते भएकोे इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए।
उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ।