नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यूजिल्याण्डको क्राइस्टचर्च स्थित दुई मस्जिदमा शुक्रबार भएको नृशंस हत्याको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको बताएका छन्।
देउवाले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका छन्। बिज्ञप्तिमा भनेका छन् ‘विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता क्रियाकलापको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ। यस दुःखद क्षणमा म र मेरो पार्टीको तर्फबाट न्युजिल्याण्ड सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु। साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु।’
उनले दुःखद घटनामा परी निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामना, परिवारजनप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।