तोकिएको समयमा जन्ती दुलहीको घर पुग्यो । विवाहको कार्यक्रम सुरु भयो । वरमालाको कार्यक्रम भयो । त्यसपछि जग्गेमा वैवाहिक कार्यक्रम सुरु भयो । दुलहीसँगै बसेका उनका साथीहरु दुलाहासँग गफ गर्न थाले । दुलाहाको कुरा गर्ने शैली सुन्दा उनीहरुले दुलाहा शिक्षित भएको शंका गरे । दुलहीका साथीहरुले दुलाहालाई थप प्रश्न गर्न थाले ।
तर दुलाहाले एउटा पनि प्रश्नको सही जवाफ दिन सकेनन् । त्यसपछि दुलहीकी साथीहरुले दुलाहालाई सय–सय रुपियाँका १० नोट गन्न दिए । ३ पटक गन्दा पनि दुलाहाले कुल अंक मिलाउन सकेनन् । दुलाहालाई उनको नाम, गाउँ र जिल्ला सोधियो । त्यो पनि गलत भनेपछि दुलाहा अशिक्षित रहेको पक्का भयो । त्यसपछि दुलहीले हिम्मत जुटाउँदै बिवाह अस्विकार गरिन् ।
दुलहीको निर्णयबाट जन्तीसमेत प्रभावित भए । एकजना जन्तीले आफ्नो छोरा पढेलेखेको भन्दै विवाह गर्ने प्रस्ताव गरे । दुलहीले स्वीकार गरिन् । र, त्यही जग्गेमा दुलहीको अर्कै युवकसँग बिहे भयो ।
यो घटना हो भारत बिहारको मधुवनी जिल्लाको पण्डौल गाउँको ।विवाहको कार्यक्रम यही मार्च १३ मा भएको थियो । एजेन्सीबाट