डडेल्धुरामा माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सोमबार बिहान दीपायलबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको माइक्रो बस गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। घाइतेहरुको डडेल्धुरा अस्पतालाम उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएका छ।