चितवनमा बोलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापाको मृत्यु भएको हो।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। थापालाई ठक्कर दिने वोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ।