पोखरा महानगरपालिकाले आइतबारसम्म नवीकरण दस्तुर नबुझाउने प्याराग्लाइडिङ कम्पनीलाई बन्देज लगाउने भएको छ ।
हालपोखरामा सञ्चालन भएका ५४ मध्ये ३६ कम्पनीले मात्रै महानगरमा दर्ता गरेका छन् । नवीकरण दस्तुर नबुझाउने कम्पनीले उडान भर्न नपाउने महानगरपालिकाले जनाएकोछ ।
नवीकरण नगर्ने कम्पनी खारेज गर्ने महानगरपालिकाको राजस्व परामर्श समितिले निर्णय गरेको हो । पोखरामा पछिल्लो समय अवैध रुपमा प्याराग्लाइडिङ सञ्चालन भईरहेका कारण दुर्घटना बढेको जनगुनासो सुनिन थालेपछि महानगरले कडाई गरेको हो ।