बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको बयान आजबाट सुरु भएको छ ।
बिहान साढे १० बजेतिर अदालतमा उपस्थित भएका विष्टको दिउँसोदेखि बयान सुरु भएको थियो । जिल्ला न्यायाधीश डा। राजेन्द्र कुमार श्रेष्ठको उपस्थितीमा एसपी विष्टको बयान सुरु भए पनि नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन् ।
निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहित आठ जना प्रहरीविरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी विष्ट आफै अदालतमा उपस्थित भएका थिए । भोलि बयान सकेर थुनछेक बहस हुने अदालतले जनाएको छ ।
निर्मलाकी आमा दुर्गादेवीले कञ्चनपुरका पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, पुर्व प्रहरी नायक उपरीक्षकद्वय ज्ञान बहादुर सेठी, अंगुर जिसी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खडका, जगदीश प्रशाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी प्रहरी जवान जाँदनी साउदविरुद्ध सार्वजनिक न्याय कसुरसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।