कपिलवस्तुमा एक जना बृद्धको हत्या भएको छ।
जिल्लाकोे शिवराज नगरपालिका ६ बस्ने ७० वर्षीय त्रिबेणी यादवको हत्या भएको हो। गएराती करिब ३ बजेतीर त्रिवेणीको हत्या भएको आशांका गरिएको छ। पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपति पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए।
त्रिवेणीको टाँउको र अनुहारमा इटा प्रहार गरी हत्या गरिएको छ। आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इटा प्रहार गरी हत्या गरिएको हो।
त्रिवेणीको शब नजिकै अवधी भाषा लेखीएको एक पत्र पनि भेटीएको छ। पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिए।
आव विहान स्थानीय छेदी चौधरीले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हत्यबारे अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ। हत्याको विषयमा सत्य तथ्य अनुसन्धान गरि दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न उनका परिवारले माग गरेका छन्।