घरमा सम्पति छ तर बाबुआमाको भावना बुझेर उनीहरुको स्यारसुसार गर्ने फूर्सद छोराछोरीलाई छैन । आजभोलि बृद्ध आमा,बुबाहरु आफनै छोराछोरीहरुबाट अलपत्र पार्ने र बेबारिसे तरिकाले छोडिदिने क्रम बढ्न थालेको छ ।
सामान्यतय ५० वर्ष कटेका अधिकाश आमाबाबु छोराछोरीको साहरामा नै बाँचिरहेका हुन्छन् । भनिन्छ सन्तान बुढेसकालको साहरा हुन् तर, बुढेसकालमा साहरा पाउने आशामा पालेका तिनै सन्तानका लागि बोझ बनेको आवस भएपछि आश्रम नै साहरा हुने गर्दछन् । परिवारको आर्थिक स्थिति कमजोर भएकोले सानै उमेरमा भारत तिर पैसा कमाउनलाई हिडेको थियो ।
आफ्नो पढाई नभएपछि करिब ४० जति भारतमा बस्दा पनि पैसा कमाउन सकिएन । नेपाल फर्किदा मलाई जन्म दिने आमाबाबु वितिसकेको रहेछ । दाजुभाई छोराछोरीले हेला गर्यो अहिले आश्रम साहरा लिनुपरेको ८२ वर्षिय किसान रेग्मीले बताए । यसरी बुढेसकालको साहरावाट तिस्कृत भएकाहरुका लागि छोराछोरी सरहको साहरा पाएको उनले भने ।
आश्रममा बस्दै आएका ९० बर्षिया मुक्तिनाथ अधिकारी वृद्धाश्रममा बस्न थालेको धेरै भइसकेको छ तर उनी घर छाडेर आश्रममा किन आउनु परेको त्यो कुरा उनी भन्न सक्दैनन् । आफनो बिगत कोट्याउन चाहेनन् । बृद्धआश्रममा बस्नेहरु न आनन्दित देखिन्छन न अघिपछिको जीवन प्रति चिन्तार सन्ताप नै ।
बस उनीहरुलाई बाँकी बँचेका दिनहरु धकेल्नु छ, बगरको छेउमा बसेर धकेलिरहेकाछन् । न उनीहरुलाई आफना छोराछोरी प्रति गुनासो छ न सम्पत्तिको कुनै मोह । उनीहरुका आँखाको भाव बोल्छ जीवनमा जे गरियो राम्रोका लागि गरियो,अहिले छोराछोरीले जस्तो गरिएनर मर्ने वेलामा कुनै पश्चाताप गर्नु छैन ।
२०६८ साल देखि शुरु गरिएको आश्रममा अहिले बाह्र जना बृद्धाबृद्धहरु बसोबास गर्दे आएका छन् । स्वस्थ्य उपचार देखि खाना बस्ने तत्ताकपडा सबै निःशुल्क गरिएको छ । मासिक एक लाख बराबर खर्च हुने गरेपनि केही सरकारी अनुदानवाट र बाँकी सहयोगी मनहरुले नै दिने गरेको सर्वाेदय सेवा आश्रमका अध्यक्ष कृष्ण ओलीयले बताए ।
लाउँदा र खाँदाको उमेर आफना सन्ततिको भविष्यका लागि भनेर खर्चियो तर बुढेसकालमा साहारा चाहिने बेला त्यहि घरगृहस्थीर सन्तति नै आफ्ना लागि विरानो बनिदिन्छन् । छोराछोरीको बोझ भएका आमा बाबुको साहरा बनेको आश्रमलाई स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्न आवश्यक देखिन्छ ।