काठमाडौंको १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ।
सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो।
काठमाडौंका सडकमा सर्वसाधारण यात्रु सडक वारपार गर्न आकाशे पुल नहुँदा सर्वसाधारण यात्रुहरु पनि सडकबाटै बाटो काट्नु पर्ने बाध्यता रहेको छ। सर्वसाधारणको अत्याधिक चाप हुने क्षेत्रमा ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सास्ती हुने गरेको छ। कार्यालय समय पिक आवरमा काठमाडौंको मुख्य चोक–चोकमा अत्याधिक रुपमा सवारी जाम हुने गरेको छ।
बढदो सवारीसँगै सडकको ठाउँठाउँमा आकाशे पुल नहुँदा सवारी जाम हुने क्रम बढेको छ। काठमाडौंको सीमित ठाउँमा मात्र आकाशे पुल रहेको छ। सडक विभागले आकाशे पुल निर्माण गर्ने योजना अगाडि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन्। सडकका चोकचोकमा ट्राफिक लाइट नहुँदा धेरै संख्यामा ट्राफिक प्रहरी खटिने गरेका छन्।
सडक विभागले अत्याधिक रुपमा सवारी जाम हुने मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने काम अगाडि बढाएको हो। विभागले बागबजार, पद्यमदोय मोड, सिंहदरवार, तीनकुने (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ) पुरानोवानेश्वर, गौशला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो। ९७ लाख लगानीमा दस स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढेको सडक विभागले बताएको छ।
जडान गर्ने जिम्मेवारी पाएको प्रजिल कन्टक्सनले वैशाख पहिलो साता लाइट जडानको काम सम्पन्न गरिससक्ने कम्पनीकाबाट जिम्मेवारी लिएका रामचन्द्र खड्काले बताए। नेपाल समाचार पत्रमा खबर छ।