धादिङको गजुरीबाट १ सय ६४ केजी चरेस बरामद भएको छ।
गजुरी ईलाका प्रहरी कार्यालयले नियमित चेकजाँचका क्रममा चरेस बरामद गरेको हो। चरेस सहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ब्यक्तिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
भदौ महिना यता गजुरी चौकीवाट ९ सय ७३ केजी गाँजा, ६ सय ३४ केजी चरेस बरामद भएको छ। पछिल्लो समय पृथ्वीराजमार्गलाई लागुऔषध तस्करहरुले कारोवारको मुख्य नाका वनाउदै आएका छन्।