शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन्।
गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए। त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए। भर्ना हुनैपर्छ भनेपछि पाटन स्वास्थय विज्ञान प्रतिष्ठानमा भर्ना भएकाे मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी िदिए।
मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका छन्। तर पछिल्लो तीन-चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो।