यसवर्षको षष्टिका वस्नेत सुुचना अधिकार पुुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउलेलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङले प्रदागगर्ने सो पुुरस्कारको राशि ५१ हजार रुपैया रहेको छ । त्यसैगरी महासंघले यसवर्षको षष्टिका वस्नेत सुुचनाको अधिकार प्रोत्साह पुुरस्कार नयाँपत्रिका प्रदेश न १ का सम्वाददाता एंव पत्रकार महासंघका पुुर्व केन्द्रिय सदस्य गणेश लम्साललाई प्रदागर्ने निर्णय गरेको छ । सो पुुरस्कारको राशि ११ हजार रुपैया रहेको छ ।
पुुरस्कार छनौट समितिका संयोजक एंव पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धुु पोखरेल, वरिष्ठ पत्रकार एंव समिति सदस्य यज्ञ सर्मा तथा निर्मल तामाङको तीन सदस्यीय समितिको सिफारिसमा महासंघले पुुरस्कृत व्यक्तिकाे नाम आज घोषणा गरेको हो ।
सो दुुवै पुुरस्कार चैत १६ गते पत्रकार महासंघको स्थापना दिवशका दिन प्रदान गरिने निर्णय भएको पत्रकार महासंघ अध्यक्ष पोखरेलले बताए ।
सुुचनाको अधिकारक्षेत्रमा क्रियाशिल अभियान्ता विराटनगर ११ निवासी केदारवहादुुर वस्नेतले आफनो दिवंगत धर्मपत्नीको स्मृतिमा पुुरस्कार स्थापना गरेका हुन्। उनले पुुरस्कारका लागी नेपाल पत्रकार महासंघ मोरङ शाखाको नाममा ७ लाखको अक्षयकोष स्थापनाका हुन् । सो पुुरस्कार दुुईवर्ष अघि स्थापना गरिएको हो ।