राइबोजियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरमा कार्यरत वरिष्ठ पशु विकास अधिकृतसहित दुई जना पक्राउ परेका छन् ।
मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वरिष्ठ पशु विकास अधिकृत डा.रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको हो ।
सम्पत्र भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग ४० हजार घुस लिइरहेको अवस्थामा वरिष्ठ पशु अधिकृत यादव र पशु प्राविधिक चौधरीलाई पक्राउ गरेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान भैरहेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।