पोषणयुक्त पदार्थहरु स्थानीय क्षेत्रहरुमा उपलब्ध भइरहँदा समेत अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थको जानकारी गराउन जनकपुरमा खादय मेला हुने भएकाे छ ।
खादय प्रविधि तथा पोषण क्षेत्रमा अनुसन्धान भएको खाद्य परिकारहरुको अभियानमूलक रुपमा प्रवद्र्धन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले मेलाको आयोजना गर्न लागेको हो । ‘परम्परागत पोषिलाा एंव स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणकालागि खानेबानीमा सुधार गरौँ’ भन्ने नाराकासाथ अगामी चैत २२ गतेदेखि २४ गतेसम्म तिरहुतिया गाछी मैदानमा मेला लाग्ने आयोजकले आइतवार पत्रकार सम्मेलनको अयाोजना गरी जनाएको छ ।
मेलामा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, खाद्य व्यवसायी, खाद्य उद्यमकालागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोेग हुने रसायनका सप्लायर्सहरु, खाद्य प्रविधिसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने आयोजक संस्थाद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।
मेलाबाट अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि हुने, खाद्य उद्यमीहरुलाई बजारको सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने, खाद्य स्वच्छता र पोषणमा सुधार आउने अपेक्षा गरिरएको आयोजक संस्थाका कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलले जानकारी दिए ।
मेलामा स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थहरुको विविधिकरण तथा पौष्टिक महत्व, विभिन्न जातजातिसँग सम्बन्धित परम्परागत पोषिलो खाद्य पदार्थहरुको प्रर्दशनी समेत हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मण्डलले बताए ।
उनका अनुसार खाद्य मेलामा आफ्नो संस्कृति झल्काउने खानपान सहितका होमस्टे, होटेल, खादय व्यवसायी लगायतको प्रदर्शनी हुनेछ । खाद्यय प्रशोधनसँग सम्बन्धित व्यवसायीलाई आवश्यक उपकरण, रसायन तथा मेशीनरी सप्लायर्सका साथै खानेबानीमा सुधाररकालागि पराम्परागत, स्वच्छ तथा पोषिलो खाद्य पदार्थबारे गोष्ठि कार्यक्रम समेत मेलामा राखिएको छ ।
जनकपुरधाम उपमहानगपालिका र उद्योग वाणिज्य संघ मेलाको सह आयोजक रहेको छ भने होटेल व्यवसायी संघले सहयोगीको भूमिकामा रहेको छ । मेलामा इलेन इभेन्ट मेनेजमेन्टद्धारा विभिन्न स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति समेत राखिएको छ ।