प्रदेश ३ सरकारका मुख्यमन्त्रीसहित दुई मन्त्री २ नं प्रदेशको हावाहुरीले क्षति पुगेका गाउँ पुगेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक तथा कानून मन्त्री शालिकराम जमकट्टेल र सामाजिक विकास मन्त्री युवराज दुलाल बाराको फेटा गाउँपालिका पुगेका हुन् ।
फेटा गाउँपालिकाको भलोइ र पुरैनियाँ गाउँमा पुगेर तीनैजनाले क्षतिको अवलोकन गरेका हुन् । नसोचेको क्षतिको अबस्था देखेर मुख्यमन्त्री र मन्त्रीहरु भावुक भएका थिए । मुख्यमन्त्रीको टोली घाइते भेट्न बीरगञ्जस्थित मेडिकल कलेज पनि जाँदैछ ।