एकसाता अघि बुटवलको मैनाबजारमा भएको फिरोज खानको हत्या उनकै श्रीमतिको योजनामा भएको रहस्य खुलेको छ।
केही बर्षदेअि भिनाजुसंगको प्रेम सम्बन्धमा बाँधिएकी श्रीमतीको संलग्नता खानको हत्या भएको रुपन्देही प्रहरीले निष्कर्ष निकालेको छ। भिनाजुसंगको प्रेमसम्बन्धमा चुर्लुम्म डुवेकी साहिन खातुनको योजनामा भारत बिहार बेतिया निबासी ४२ वर्षीय साधिर हुसेनले गोली हानी उनको हत्या गरेको प्रहरीले बताएको छ।
केहि वर्षअघि श्रीमतिको मृत्यु भएपछि बुटवलमा बस्ने साली खातुनसंग हुसेनको हिमचिम बढेको थियो। प्रेममा श्रीमान वाधक भएको निश्कर्ष निकालेर खातुनले भिनाजुको हातबाट श्रीमानको हत्या गर्न लगाएको प्रहरीको भनाई छ।
मोटरसाइकलमा आएका हुसेनले साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई घरको गेट नजिकै गोली प्रहार गरी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ह्रदय थापाले बताए। मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ। फारार हुसेनको खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
कसरी भयो हत्या ?
मैनावजारको वर्कशपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनका साथ २० वर्षदेखि बुटवलमा बस्दै आएका थिए। यही क्रममा भिनाजु साधिरसँग साहिनको पटक–पटक भेट भइरहन्छ। दुवैबीच प्रेम झाँगिदै जान्छ। प्रेमको वाधक फिरोज भएको निश्कर्ष सहित साली भिनाजु मिलेर हत्याको योजना बनाउँछन्।
घटना भएको दिन साधिर नवलपरासीको त्रिवेणी नाका हुदै बुटवलमा सालीको कोठामा दिउसै आइपुगेका थिए। हत्याको योजना बनेपछि दिउँसो ३ बजे साधिर त्यहाँबाट छुटिन्छन्। सोही साँझ ७ बजे हतियारसहित आउँछन्।
दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले ग्यारेजमा काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन्। हत्या अघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन्। श्रीमान् आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसे। कामबाट घर फर्किएका फिरोजमाथि हुसेनले अंकमाल गरेजस्तो गरी गोली प्रहार गरेका थिए। गोली प्रहारबाट फिरोज त्यही ढले। घटना लगत्तै हुसेन फरार भए। श्रीमतीले केही समयपछि चिच्याएको अभिनय गरिन्।
फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशिक अस्पालमा पु¥याउँनसाथ अस्पतालले उनलाई मृत घोषणा ग¥यो। साधिर भारतमा पनि विभिन्न अपराधमा संलग्न हुदै आएको तथ्य प्रहरीले फेला पारेको छ। फिरोज हत्यासंगै बिभिन्न घटनाका सम्वन्धमा मंगलबार प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।