मोरङको जहदा गाउँपालिकाले टेन प्लस टुमा अध्यनरत दलित समुयका छात्रछात्राको पढाईमा लाग्ने सम्पूर्ण खर्च व्योहोर्ने भएको छ ।
सो गाउँपालिका अन्तर्गत रहेको उच्च माध्यमिक विद्यालयमा अध्यनरत दलित विद्यार्थीको सम्पूर्ण खर्च गाउँपालिकाले व्योर्हन लागेको हो ।
दलित समुुदायका विद्र्याथीहरुलाई उच्चशिक्षा हासिलगर्न सहजहोस भन्ने उदेश्यले सो निर्णय गर्न लागिएको गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डलले बताए । आगामी सैक्षिकशत्रदेखि सो निर्णय लागूहुुने उनले बताए । आगामी साउन महिनादेखि नयाँ शैक्षिकशत्र शुरु हुुदैछ ।
निर्णयलागू भएपछि टेन प्लस टुुमा अध्यनरत दलित समुुदायले निशुुल्क पढन पाउने छन् । गाउँपालिकामा एउटा उच्च मावी संचालनमा छन् । आर्थिक अभावका कारण विचमै पढाई छाडने अवस्था आउनेगरेकाले दलित समुदायलाई निशुल्क शिक्षामा जोड दिएको गाउपालिका अध्यक्ष मण्डलको भनाई छ ।
गाउपालिकामा रहेको दुुर्गा उच्चमावीमा अहिले दलित समुुदायका ३५ जना छात्रछात्रा अध्यनरत रहेको जहदा गाउँपालिकाका शिक्षा शाखा प्रमुुख विन्दुुकुुमार लावतीले बताए। गाउपालिकामा २५ प्रतिशतभन्दा वढि दलित समुुदायको वसोवास रहेको छ । सो गाउपालिकाले उच्च शिक्षा अध्यनरत २० जना छात्रछात्रालाई साइकल वितरण गरेको शिक्षा शाखा प्रमुख लावतीले वताए । उच्चमावीमा सवै विषयको पढाई नहुुदा त्याहाका कतिपय विद्यार्थीहरु सदरमुकाम गएर पढाईगर्ने गरेका छन ।