जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखबराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर २, महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान करिब साढे ५ बजे विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट ३० लाख रुपैयाँबराबरको क्षति भएको छ ।
आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेसिन, छापाखानाको ठूलो र सानो मेसिन, कागजपत्र, स्टेसनरी, फर्निचर तथा अन्य सामग्री नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा साढे ६ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।