रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आइतबार ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा सडकमा लगाइएको रेलिङ भाँचिएको छ ।
बुटवल ग्यास उद्योगबाट सिलिन्डर बोकेर बुटवलतर्फ जाँदै गरेको लु.१क ८०० नम्बरको ट्रक मध्याह्न मंगलापुर चोकमै स्कुटीले झुक्याउँदा पल्टिएको प्रहरीले जनाएको छ ।
ट्रकमा रहेका सबै सिलिन्डर सडकमा छरिएपछि केहीबेर सवारीसाधन आवगनमा अवरोध भएको थियो । सडकमा लगाइएका रेलिङ भाँचिए पनि मानवीय क्षति भने भएको छैन ।