पूर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने बा.३च ७९६२ नम्बरको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
पूर्वराजा शाहको भ्रमणमा सामान ओसार-पसार गर्ने गाडीले सुन्दरहरैचा ४, विराटचोकमा .१५प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक हेमको उपचारकै क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । गाडीकै ठक्करबाट घाइते भएका प्रकाश चौधरीको भने नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रकाश भने मोटरसाइकलपछाडि सवार थिए ।