लागूऔषध गाँजा ओसारपसार कार्यमा संलग्न भारतीय नागरिकलाई लागूऔषध गाँजा र टाटासुमो भ्यानसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
६४ किलोग्राम गाँजासहित भारतको बिहार मोबासिरुलहसन सब्जिबाघ पटना घर भएका २८ बर्षीय समिर अहमद पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेस्थित सडकखण्डबाट पथलैयातर्फ जाँदै गरेको बखत भारतीय नम्बर प्लेटको बीआर ०४ बी ००४१ नं को टाटासुमोसहित लागूऔषध बरामद गरिएको हो ।
टाटासुमोको छतभन्दा मुनि फलामे फल्स बटम बनाएर ३० पोका गाँजा राखी लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।