पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी १ मा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको बा.३ख १३१८ नम्बरको बस दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा रामधुनी नगरपालिका ९, सुनसरीका ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरी छेटाहाका २३ वर्षीय अनिल उराउँ र बुरही ६, मोरङका २५ वर्षीय बबली उराउँ छन् । दुर्घटनामा सख्त घाइते ३ जनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जोशी हाइड्रोपावर सिन्धुपाल्चोक कार्यरत मजदुर तथा कर्मचारीहरु बस रिजर्भ गरी घर फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । बस तीव्र गति र चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको भनाइ छ ।
घाइतेमध्ये ४ जना अवस्था चिन्ताजनक छ । उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ । प्रहरीका अनुसार सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।