राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा १ हजार ५ सय ३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए । उनका अनुसार ३२ जिल्लाका ५ सय १९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १ सय ३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।
निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था छ ।
यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७ सय ९९ कर्मचारीलाई कारवाही