पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
गाडीको ठक्करबाट घाइते भएका भएका इटहरी उपमहानगरपालिका ९ का प्रकाश चौधरीको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार गाडीले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका ४ मा को.१५प ९९७८ नम्बरको मोटरसाइकललाई गत बुधबार ठक्कर दिएको थियो ।
गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्कंदै गरेको बा.३च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी ९ का २२ वर्षीय प्रकाश चौधरीको सोही दिनै उपचारका क्रममा मृत्यु भएको हो । प्रकाश विराटनगरको विराट नर्सिङहोममा उपचाररत थिए ।