नेपाली पत्रकारिता मुख्य जिम्मेवारी बोकेका विभिन्न ४ निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बाँकेका पत्रकारहरु लागि पत्रकार आचारण तथा मिडियासम्वन्धी छलफल कार्यक्रम गरिएको छ ।
नेपाली पत्रकारहरुको नियमन तथा अनुगमन निकाय प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, सञ्चार संस्था दर्ता तथा सञ्चालन, नियमन तथा अनुगमन निकाय प्रेस काउन्सिलका निर्देशक बालकृष्ण घिमिरे, पत्रकारहरुको पेसागत आधिकारिक संस्था नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय र पत्रकारहरुको सेवा सुविधाहरुको अनुगमन तथा कार्यन्वयन निकाय न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुली छलफलमा सहभागी बने ।
कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले छिमेकी मुलुकहरुको दाँजोमा नेपाली पत्रकारहरुको व्यावसायिक क्षमता अब्बल रहेको बताए ।
सूचना विभागका निर्देशक बालकृष्ण घिमिरेले नेपाल सरकारले नेपाली सञ्चार जगतको कार्यन्वयन एकाइका लागि सूचना तथा प्रसारण विभागमार्फत सहजीकरण गरिरहेकोमा हालै नयाँ परिवेशअनुसार देशभरका सबै (५ वटै) सूचना केन्द्र खारेजीमा परेको जनाए । महासंघका केन्द्रीय अध्यक्ष आर्चायले नेपाली पत्रकारहरुको हकहितका साथै व्यावसायिक क्षमता अभिवृद्धि गदै लैजाने बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुलीले नेपाली पत्रकारहरुको हकहितका लागी सम्बन्धित पक्षहरुसँग बसेर नेपाल सरकारले कानुन बनाएर तोकेको न्यूनतम पारिश्रमिक कार्यन्वयनका लागि सहजीकरण तथा कार्यन्वयनको भूमिका निभाइरहेको बताए ।