पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाइ सञ्चालनको तयारी गरेको छ ।
गण्डकी प्रदेश सरकारको समन्वयमा क्याम्पसले स्नातकोत्तर तहमा टनेल एन्ड हाइड्रोपावर इन्जिनियरिङ कोर्समा पढाइ सञ्चालन गर्न लागेको हो । यसका लागि कलेजले पहिलो चरणको पाठ्यक्रम तयार गरिसकेको क्याम्पस प्रमुख रामप्रसाद पौडेल बताउँछन् ।
नेपालमा पहाड र हिमाल धेरै भएका कारण यो विषयका अवाश्यकता रहेको उनको भनाइ छ । टनेल पठाइबाट जलविद्युत्, सडक र रेल मार्ग निमार्णका लागि सहज हुनेछ । विदेशबाट प्रोफेसर ल्याएर सुरुमा २० विद्यार्थीबाट पढाइ सुरु गरिने तयारी छ । क्याम्पसले आउँदो अवबाटै तयारी थाल्ने जनाएको छ । २०३८ मा स्थापना भएको क्याम्पसमा अहिले १६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।