देशका मध्य तथा पूर्वी भेकका केही स्थानमा बिहीबार (आज) पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
देशको पहाडी भेगमा सामान्यतया बदली रहनेछ । अन्य भेकमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी पहाडी भेगका केही स्थानमा र मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । यस्तै पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
रातको समयमा भने देशको पहाडी भेकमा आंशिक बदली रहनेछ । अन्य भेकमा सामान्यतः सफा रहनेछ । पहाडी भेकका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।