नेत्रविक्रम चन्द्र (बिप्लव) समूहद्वारा पोखरामा राखिएका बम निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ। पोखरास्थित फिस्टेल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। बिप्लव समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो।
यसैबीच, पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमल नजीकै शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम निष्क्रिय टोली सो स्थलमा पुगेर निष्क्रिय गर्ने तयारीमा जुटेका छन्।