जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको संख्या उल्लेख्य वृद्धि भएको छ।
मोरङमा विहिवारसम्म सात सयभन्दा वढीलाई वंशजको नागरिकता वितरण गरेको र नागरिकता वनाउन आउनेलाई थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रसासन कार्यालयवाट नागरिकता वितरण भइरहेको जानकारी दिएइन््।
मन्त्रिपरिषदको निर्णय अनुुसार मोरङमा चैत २० गतेदेखि त्यस प्रकारको नागरिकता वितरण शुुरु भएको हो। त्यसपछि अदालतको आदेश अनुसार चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म नागरिकता वितरण रोकिएकोमा अदालतको निर्णय पछि वैशाख ४ गतेदेखि नागरिकता वितरण फेरी शुरु भएको हो।
कार्यालयबाट सरदर दैनिक २ सय जनाले त्यसप्रकारको नागरिकता लिने गरेका छन् । नागरिकता लिनेको संख्या उल्लेखनीय रुपमा वढेपछि कर्मचारीको संख्या वढाएर फर्म भरेको केही घण्टामै नागरिकता उपलव्ध गराउदै आएको सहायक प्रजिअ ओलीले बताइन्।
कार्यालयबाट यसअघि वैवाहिक र वंशजका दैनिक ६० देखि ६५ वटा नागरिकता वितरण हुुदै आएको थियो । पाँच वर्षपछि यस्तो प्रकारको नागरिकता दिन वाटो खुुलेपछि जिल्ला प्रसासन कार्यालयमा नागरिकता लिन आउनेको संख्या बढेको हो। यस्तो नागरिकता पाउनका लागि आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ।
२०६४ साल संविधानसभा निर्वाचन अघि खटिएको नागरिकता टोलिबाट देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिकता पाएका थिए। ती नागरिकका सन्तान वालिग भए पनि लामो समय नेपाली नागरिकता पाउनवाट वञ्चित थिए।