प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवाले कालोझण्डा देखाएका छन् ।
बुटवलको जीतगढी विजय महोत्सवमा सहभागि हुन पुगेका प्रधानमन्त्री ओलीलाइ सम्बोधन गरिरहेकाे समयमा स्थानिय युवा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् ।
देश विखण्डनको दिशातर्फ लगेको तथा भ्रष्टाचार बढाएको भन्दै घिमिरेले विरोध जनाएका हुन् । उनले कडा सुरक्षा घेरा तोडेर मच्मा पुगी कालो झण्डा निकालेका थिए । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।