नेपाल औषधि व्यवसायी संघको १३ औ राष्ट्रिय अधिवेशनबाट अगामी ३ वर्षको लागि मृगेन्द्र मेयर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई ४० मतको अन्तरले पछि पारेका हुन् । उनले १ सय ४१ मत प्राप्त गर्दा श्रेष्ठले १ सय १ मत मात्र प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्ष (आयात) निरन्जन रिसाल,उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) राम प्रसाद खरेल,महासचिव रामचन्द्र शर्मा,कोषाध्यक्ष सम्राट मान जोशी र उप—कोषाध्यक्षमाश्रीधर खनाल निर्वाचित भएका छन् ।
यस्तै सदस्य(आयात) सिर्जन कुमार भट्टराई,सदस्य (थोक) प्रमान्द रावत,गया प्रसाद कुिस्म,सदस्य महिला शर्मिला शाक्य,सदस्य (खुल्ला) कृष्ण रोकाय,प्रकाश कुमार श्रेष्ठ,कविराज कडेल र मुकुन्द कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनले यमनाथ पौडेललाई सचिव, टंकप्रसाद अधिकारी र ललिता नन्द जोशीलाई सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो । अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले संघलाई व्यवस्थित गर्दे लैजाने र औषधी विक्रवितरण साहायक व्यवसायी तालिमको व्यवस्था गर्ने बताएका छन् ।