प्रदेश ५ मा अनुशासनहीन काम गरेको भन्दै १७६ प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले जानकारी दिए। जसमा ९ जनालाई निलम्बन तथा ७ जनालाई तलब स्केलमा घटुवा गरिएको छ ।
डिएसपी पोखरेलले दिएको जानकारी अनुशार नैसियतमा ९९ जना, पदोन्नति रोक्का १३ जना, तलबबृद्धि रोक्का १० जना, सेवाबाट हटाइएका १६ जना, तल्लो टाइम स्केलमा घटुवा १ जना, सक्त चेतावनी १६ जना, चालचलनमा प्रतिकूल राय ५ जना रहेको बताए ।
प्रदेश प्रहरी कार्यालय दाङबाट ३ जना, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलबाट ७, प्रदेश ५ को सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट १ जना, प्रदेश ५ को दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीबाट ४ जना कारवाहीमा परेका हुन।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५ जना, अर्घाखाँचीबाट ११, कपिलवस्तुबाट २०, नवलपरासीबाट ९, पाल्पाबाट ४, प्यूठानबाट २, बँंकेबाट ३२, पूर्वरुकुमबाट २, बर्दियाबाट २८, रोल्पाबाट ७ र गुल्मीबाट १ जना प्रहरी कारबाहीमा परेका हुन। उनीहरूले सन्तोषजनक काम नगरेको, आदेश नमानेको, अनुशासनहीन काम गरेको जस्ता कारणले कारवाही गरिएको बताए। त्यसै गरी दाङमा चालुआर्थिक वर्षमा ३३ जना प्रहरी कारवाहीमा परेका छन् ।
प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालुआर्थिक वर्षको असारको दोस्रो हप्तासम्म ३३ जना प्रहरी कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमा ३ जना प्रहरी निरीक्षक, २ जना प्रहरी नायव निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, ५ जना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान कारबाहीमा परेका हुन। ती मध्ये प्रदेश प्रहरी कार्यलयबाट १ जना र जिल्ला प्रहरी कार्यालय दाङबाट २ जना प्रहरी निरीक्षक कारवाहीमा परेका हुन् ।