पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै सडकमा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा गम्भिर घाइते भएका पाल्पाका धन बहादुर सुनारिको मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भिर धाइते भएका पाल्पाको मित्याल गाउपालिका निवासी ३१ बर्षका धन बहादुर सुनारिको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सिद्धबाबाको हेडवक्स नजिकै पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमाथि पहिरो खसेको थियो । पहिरोसंगै खसेको ढुङ्गाले लागेर सुनारि मोटरसाइकल सहित सडकभन्दा तल भिरमा खसेका थिए । लगातार पहिरो खसेपछि उनको तत्काल उद्धार हुन सकेको थिएन । दुर्घटना भएको केहि समयपछि मात्र प्रहरिले गम्भिर घाइतेको उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल पुरयाएको थियो ।
पहिरोका कारण शनिवार दिउँसो देखि बुटवल – पाल्पा सडक अबरुद्ध छ । पहिरो निरन्तर खसिरहेकोले पहिरो हटाएर बाटो सुचारु गर्न समय लाग्ने प्रहरिले जनाएको छ । थप बर्षा नभए आइृतवार बिहान सम्म बाटो सुचारु हुने बताइएको छ ।