लगातार अविरल बर्षातको कारणले जिल्ला कपिलवस्तु बिजयनगर गाउपालिका वडा नं.५ ठाकुरापुर नजिकै नेपाल भारत सिमानामा रहेको पिलर ढलेको छ । पिलर ढलेर सोहि स्थानमा भएपनि वाढिले बगाउन सक्ने स्थानियले बताएका छन् ।
उनीहरुका अनुशार ५७८/७ र ५७८ /१० नं.को २ वटा सिमा पिलर ढलेका छन् । पिलर हिजो आईतबार नै ढलेपनि अहिले सम्म त्यसको व्यवस्थापन हुन सकेको छैन । दुई देश विचको सिमा स्तम्भ भएकाले एउटा मात्र देशले त्यसको व्यवस्थापन गर्न नसक्ने पनि बताईएको छ ।
उता कुलोमा डुवेर दाङमा एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ६ अगरा निवासी हर्क्जित खत्रीको १८ महिनाको छोरा शिशिर खत्रीको कुलोमा डुवेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार बेलुका सात बजेतिर बालक घर नजिकैको कुलोमा डुवेका थिए ।
त्यस्तै दाङको बबई नदीमा आएको बाढीले बगाउदा थप एक बक्ति बेपत्ता छन् । बबई गाउँपालिका वडा नं. १ बञ्चरे निवासी ६० बर्षीय भूपाल कामी बबई तर्ने क्रममा दुई दिन अघि बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनी गाउँपालिकाको कार्यालयमा भत्ता बुझेर घर फर्किने क्रममा बबईमा आएको बाढीमा बग्न पुगेको स्थानीयले बताएका छन् ।