रुपन्देहीको सियारी गाउपालिका वडा न १ की ३० वर्षिय कौशिला थारुको रहस्यम मृत्यु भएको छ । केही समय देखि घर परिवारले कुटपिट गरेको भन्दै गाउँपालिकामा उजुरी दिएकी थारुलाइृ परिवारका सदस्यहरुले हत्या गरेको माईती पक्षले आरोप लगाएका छन् । उनको आईतबार बिहान करिव ९ बजे घरमै सलले घाटीमा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
उनको शव झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरिएको गाउँपालिका वडा न १ का अध्यक्ष अरुण कुमार शाहीले बताए । उनले पटक पटक घर झगडा को गुनासो आएको र मेलमिलाप मार्फत २०७५ असोज ७ गते मिलापत्र गरिदिएको बताए । सासु र श्रीमानसंग पटक पटक झगडा पर्ने गरेको र नागरिकता समेत नवनाईदिएपछि मृतक थारुले आफूलाई टेलिफोन गरेर गुनासो गरेको शाहीले बताए ।
तर उनको हत्या या आत्महत्या भन्ने विषय भने अनसन्धान पछि नै थाहा हुन सक्ने उनको भनाई रहेको छ । प्रहरीले घटना भएपछि अनुसन्धानका लागि थारुका श्रीमान गोविन्दलाई नियन्त्रणमा लिएको छ । उनको शव पोष्टमाटमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ । उनका माइृती पक्षले घरपरिवार मिलेर कौशिलाको हत्या भएको आरोप लmगाएका छन् । मृतकका मामा तेज वहादुर थारुले भने –श्रीमान र सासु मिलेर हत्या गरि झुण्डाईएको हो ।
उनका ४ वर्षिय छोरा पनि छन् । पटक पटक झगडा भएपछि उनी माइृतीमा समेत बस्दै आएको र गाउपालिकामा सहमति भएपछि घरमा बस्न थालेको स्थानियले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले घटनाको अनुसन्धान भैरहेको बताए ।