नाग पंचमीकै दिन सर्पको डसाइबाट कपिलवस्तुको बाणगंगा नगरपालिकामा २ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ वर्षीय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० वर्षीया शुभमाया थापा रहेका छन् । उनीहरुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजादै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
खनाललाई आइतबार साझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले खनाललाई समयमै अस्पत्ताल ल्याउन नसक्दा ज्यान गएको बताए ।
थापालाई आईतबार विहान सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो समय सर्पदंस उपचार केद्र गोरुसिंगेमा सर्पदंसका बिरामीहरुको संख्या बढेको उपचार केंन्द्रले जानकारी दिएको छ ।