बलात्कारको आरोपमा धनगढीको वेलाबाट ६६ वर्षीय कृष्णबहादुर खडायत पक्राउ परेका छन्।
भदौ १० गते साँझको समयमा चस्मा हराएको बाहानामा एक बालिकालाई सेहरीको जंगलमा लिएर बलात्कार गरेको आशंकामा प्रहरीले खडायतलाई पक्राउ गरेको हो।
बालिकाका परिवारलाई स्थानीयले प्रलोभनमा पारेर मिलापत्र गरेको प्रहरीले बताएको छ। बलात्कारका घटनामा मिलापत्र गर्न नपाइने कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले बताए।
यस विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले बालिकालाई समेत धनगढी ल्याउँदै गरेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए।