सल्यानमा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ। बागचौर नगरपालिका–१२, बाफुखोलामा पहिरोले घर पुरिँदा ४ वर्षीया मेनुका डाँगी, ६ वर्षीय ललित डाँगी र ८ वर्षीया ललिता डाँगीको मृत्यु भएको हो।
अविरल वर्षापछि आइतबार साँझ घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
डिएसपी शाहीका अनुसार तीनै जना बालबालिका घरको भान्सा कोठामा बसिरहेका बेला पहिरो खसेको थियो। बालबालिकाका आमाबाबु गोठमा पश चौपाया स्याहार्दै गरेकाले उनीह जागिएको डिएसपी शाहीले बताए।
डिएसपी शाहीका अनुसार पहिरोमा पुरिएकामध्ये दुई बालबालिकाको शव बाहिर निकालिएको छ भने एक जना बालको खोजी कार्य जारी छ।