पुर्व पश्चिम वैकल्पिक राजमार्गको रुपमा रहेको हुलाकी सडक विस्तारको कामले गति लिन थालेको छ।
विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुुलाकी सडक सहरी क्षेत्रमा एकसय फिट तथा सहरी क्षेत्रभन्दा वाहिर ४० फिट विस्तार हुुने गरी कामले गति लिएको हो।
पहिलो चरणमा रंगेली नगरपालिका अन्र्तगत पर्ने वेतौना चौकदेखि नगरपालिकाको पुर्वी सिमाना मधुवनीसम्मको साढेसात किलोमिटर क्षेत्रमा अहिले धमाधम काम भईरहेको रंगेली नगरपालिकाका प्रमुुख दिलीप वगडियाले जानकारी दिए। रंगेली वजारक्षेत्रमा सहरी मापदण्ड अनुसार सडक विस्तारको काम भइरहेको उनले बताए।
स्थानीय जनतासँगको समन्वयमा मापदण्ड भित्र पर्ने घरटहरा हटाइएको र सडक विस्तार गर्दा विस्थापित सुकुम्वासी परिवारलाई उचित ठाउमा वसोवासको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत टोमप्रसाद सुवेदीले वताए। हुलाकी सडक विस्तारसंगै नगरपालिकाले सो सडक जोडिएका एक दर्जनभन्दा वढि सडकको स्तरोन्नती गर्दै कालोपत्रे गर्ने काम समेत गरिएको उनले जानकारी दिए।
लामो समयपछि सडक विस्तारको कामले गति लिएपछि सर्वसाधारण उत्साहित भएका छन्। रंगेली– १ का सुरेशकुमार राजवंशीले हुलाकी सडकको विस्तारले आवतजावतमा सजिलो हुने र यसक्षेत्रको वजार व्यवसाय वढ्ने वताए। अर्का स्थानीय पुनम सापकोटाले सडक विस्तारले यसक्षेत्रको मुहार फेरिनेमा बिश्वस्त छन्।
८१ करोड रुपैयाको लागतमा कालिका कन्ट्रक्सनले रंगेली खण्डको सडकको निर्माण सम्पन्न गर्र्ने सम्झौता गरे अनुसार काम अघि वढेको हो। रंगेली क्षेत्रमा ४ दशमलव ९ किलोमिटर एक सय फिट र वाँकी सडक ४० फिट विस्तार हुने सो कन्ट्रक्सनका संचालक उज्वल प्रसाईले जानकारी दिए।
तीनवर्ष भित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि दुईवर्षभित्र रंगेलीखण्डको काम सम्पन्न हुने उनको भनाई छ। काम तिव्र गतिमा भइरहेकाले म्याद अगावै काम सम्पन्न हुनेमा उनी बिश्वस्त छन्।
हुलाकी सडक निर्माण आयोजनाका अनुसार हुलाकी सडक विस्तारका लागि विराटनगर महानगरपालिका सहित, कटहरी, धनपालथान तथा गौरीगञ्ज गाउँपालिका र सुनवर्सी तथा रतुवामाई नगरपालिकाले समेत मापदण्ड अनुसार सडक खाली गराउन थाल