कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूष छन्।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले भने “बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी उनीहरुको कुवेतमै अन्त्येष्टि गरिसकिएको छ।“
नेपाली राजदूतावासका अनुसार कुवेतमा लकडाउन शुरु भएदेखि हालसम्म कोरोना संक्रमणका कारण सहित २६ जना नेपालीको मृत्यु भएको छ।
यसैगरी कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना (१० पुरुष र ३ महिला)को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ। कोरोना संक्रमणको कारण मृत्यु हुने ८ जना र अन्य ५ जना(मृतकको परिवारसंग सहमती लिएर) गरी १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ। यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्।