कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं १९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
यसअघि मधुमेहका बिरामीसमेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए। ती पुरुषको शनिबार राति ११ः३५ बजे मृत्यु भएको बताइएको छ। योसंगै कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
पोखरामा एक मृतक थपिएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ।