सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो।
केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले राससलाई जानकारी दिए। - रासस