संञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पाैडेललाई पनि काेराेना पुष्टि भएकाे छ ।
गत मंगलबार रातिबाट ज्वराे आएपछि भाेलिपल्ट पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । दुबैजनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाइएकाे छ।
हाल उनीहरू सुरक्षित किसिमले हाेम आइसाेलेसनमा रहेका छन् । केही पेशागत क्रियाकला र केही आफ्नै लापरबाहीले संक्रमण भएकाे हुन सक्छ भन्दै लामिछानेले घरमा वृद्धा अवस्थाका सदस्यहरू छन् भने लापरबाही नगर्न र सचेतता अपनाउँन पनि आग्रह गरेका छन् ।