मकवानपुर प्रहरीले मकवानपुरको बिकट स्थानमा पुगेर अबैध लागूऔषध गाँजाखेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले खटाएको टोलीले जिल्लाको विकट कैलाश गाउँपालिका २ बैकुण्ठ पुगेर ४४ बिगाह अबैध गाँजाखेती नष्ट गरेको जनाएको छ ।
प्रहरी निरीक्षक ध्रुवप्रसाद सिलवालको कमाण्डमा खटिएको प्रहरी टोलीले बैकुण्ठ क्षेत्रका ४४ बिगाह गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता डिएसपी नरेशकुमार सिंहले बताए । उनका अनुसार प्रहरीले स्थानीय एक विद्यालयलाई मुकाम मानेर आसपासका क्षेत्रमा गाँजा फँडानी गरेको थियो ।
बिकट तथा चिसो ठाउँमा स्थानीय जातको गाँजा खेती हुने गरेको छ । गाँजा फँडानीसँगै प्रहरीले पर्चा पम्प्लेट तथा स्थानीय किसानहरुसँग भेटघाट गरी लागूऔषध विरुद्ध अभियान चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।