सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ प्रहरीले सचेतना परीक्षा संचालन गरेको छ। मादक पदार्थ सेवनगरी सवारी साधन चलाउने सवारी चालकलाई सचेतना परीक्षा संचालन गरेको हो।
मोरङ जिल्लामा भएका अधिकांश सवारी दुर्घटना मादक पदार्थ सेवनगरी सवारी चलाउने गरेको पाइएकाले दुर्घटना न्यूनीकरणका लागि सचेतना परीक्षा शुरु गरेको मोरङका प्रहरी प्रमुुख एसपी मनोज केसीले जानकारी दिए।
सो क्रममा प्रहरीले विभिन्न ठाउमा चेक जाचगर्दा मापसे गरेर सवारी चलाउने ७४ वटा मोटरसाइकल, ट्रक दुुई,टयाकटर चार, टेम्पो पाच तथा सीटी सफारी तिनगरी ८८ वटा सवारी साधन नियन्त्रणमा लिएर २४ घन्टे पूर्जी दिदै परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको एसपी केसीले बताए।
त्यसमध्ये ३० जना सवारी चालक सचेतना परीक्षामा सहभागी भएका थिए। परीक्षामा ट्राफिक नियम सम्वन्धि ८० वटा प्रश्न सोधिएकोमा १५ जनाले ८० प्रतिशत भन्दा वढि अंक ल्याई उतिर्ण भएका छन।
अनुुत्तीर्ण भएका चालकलाई पुुनः परीक्षामा सामेल गराइने जनाइएको छ। परीक्षा अनलाइनवाट दिने व्यवस्था समेत गरिएको छ। दुर्घटना न्यूनीकरणगर्न नेपालमा पहिलो पटक मोरङ प्रहरीले यस्तो व्यवस्था गरेको एसपी केसीले वताए।