शशस्त्र प्रहरी वल गुल्म हेडक्वाटरले कैलालीले बिहीबार एक कार्यक्रममा बिच कैलाली धनगढी स्थित त्रिनगर भन्सार नाकामा ५३ गुल्मको स्थापना गरिएको छ ।
कैलालीका प्र्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपलिकाका नगर प्रमुख नृप बहादुर वडको र शशस्त्र बल बाहिनि मुख्यालय कैलाली नम्बर ७ का बाहिनिपती सशस्त्र प्रहरी नायब निरिक्षक नगेन्द्र प्रसाद थापाले गुल्मको शंयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमा बाहिनिपती सशस्त्र प्रहरी नायब निरिक्षक नगेन्द्र प्रसाद थापाले गुल्मा कार्यरत सशस्त्र प्रहरीहरुलाई सिमा क्षेत्रमा हुने चोरी तस्करी र भन्सार छलिका घटनाहरु नियन्त्रण निर्देशन दिए ।
स्थापना भएको सो गुल्मले बिषेश गरि राजश्ब तथा भन्सार गस्ती सुरक्षाका क्षेत्रमा काम गर्ने छ ।बिहिबार देखि स्थापना भएको गुल्मा शशस्त्र प्रहरी बल नेपालका डिएपी देब बहादुर चन्दको नेतृत्बमा १६० जना शशस्त्र प्रहरीहरु कर्यरत रहेका छन् ।