नेपालमा बलत्कार विरुद्धका विभिन्न कानूनहरु निमार्ण भएता पनि त्यसको कार्यन्वयनमा हुन नसकिरहेकाे बेला नेपालगंजका किशोरीहरूले भने आफै यसका विरुद्धमा लाग्ने प्रतिवद्दता जनाएका छन् ।
बालिका विरुद्ध हुने हिंसा तथ दुव्र्यवहार न्युनिकरणमा सरोकारवालको भुमिका विषयक संवाद तथा प्रतिवद्धता बाकेको खजुरा गाउँपालिकामा भएको एक कार्यक्रममा उपस्थित किशोरीहरूले सो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा उपस्थिति अधिकांश किशोरीहरूले नेपाली समाजले अझै पनि छोरीलाई भन्दा छोरालाई बढि महत्व दिएका कारण किशोरीहरू बलात्कारको शिकार हुनु परेको बताए ।
कार्यक्रममा बोल्दै खजुरा गाउपालिका बस्ने किशोरी प्रमिला सुनारले बालबालिकाहरु लाई काम लगाइदिने तथा विभिन्न लालच देखाएर बलत्कार गर्ने गरेको बताइन् । किशोरी सुनार भन्छिन,“बालबालिकाहरुलाई विभिन्न लालच देखाउने गर्दछ र हाम्रो अभिभावकहरुले पनि छोरालाईलार्इ एक दिन विद्यालय नपठाउदाँ निकै पिर गर्नु हुन्छ तर छोरीलाई अर्काको घरमा जाने जात भनेर छोरीलाई पठाउनुको कुनै औचित्य देख्नु हुदैन जुन अति नराम्रो कुरा हो ,”।
यसै गरी प्रमिला सुनार भन्छिन- ,“अभिभावकहरुले नै छोरा र छोरीको विचमा भेदभाव गर्न थाले पछि यस विषयमा अरुले के बोल्ने,चेतना मुलक कार्यक्रमहरु गर्दा गर्र्दै पनि गरिवीको कारणले छोरीहरु बलत्कार हुने गरेका पाइन्छ ,अत अव कस्ले गर्दीने भन्दा पनि हामी आफै अगाडि बढ्नु पर्दछ ” ।
विश्व अन्तराष्ट्रिय किशोरी दिवसको समय पारेर गरीएको सो कार्यक्रममा खजुरा गाउपालिका उपप्रमुख एकमाया विकले विगतमा भन्दा वर्तमान समयमा बलत्कार विरुद्धको कानुनी उपचार बनेको हुदाँ बलत्कारको विरुद्धमा खुलेर कुरा गर्नु पर्ने बताइन् । उपप्रमुख विकले भनिन,“सबैले नेपालमा बनेको कानुनको विषयमा अध्ययान गर्नु पर्दछ र शिक्षाको माध्यमबाट बलत्कारलाई न्युनिकरण गर्न सकिन्छ ।” कार्यक्रममा बोल्दै खजुरा गाउपालिका धनौलीका इप्रका प्रहरी निरक्षक मख्खन प्रसाद यादवले प्रहरीहरू भनेको अन्तिम विकल्प भएको हुदाँ बलत्कार सम्वन्धी जति पनि अपराधहरु हुने गर्दछ त्यसलाई प्रथामिकताका साथ हेरीने गरेको बताए ।